Sajhamanch Archive

७८ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४१२७ जनाको पीसीआर परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो ।

नेपालमा हालसम्म कोरोना पोजेटिभ पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार २९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ७२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार ५४३ पुगेको छ ।

कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा दुई हजार ७७७ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *