Sajhamanch Archive

युनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

Published: (Updated: ) in अर्थतन्त्र, समाज by .

भद्रपुर । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापतको भुक्तानी गरेको छ ।

वैदेशिक रोजगारको लागि म्यादी जीवन बीमा गर्ने बीमित भद्रपुर निवासी दिपक लिम्बूको परिवारलाई १४ लाख रुपैयाँ आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

कम्पनीका प्रदेश उप प्रमुख नविन मिश्रले मृत्युदावी वापतको रकम मृृतक बीमितको पत्नी कला लिम्बूलाई प्रदान गरेका हुन् ।

मृत्युदाबी वापतको चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका भद्रपुर शाखा प्रमुख निरज निरौलाले बिमा महत्वबारे प्रकाश पारेका थिए ।

उक्त अवसरमा कम्पनीका एमआरडिटी दिपा राई, मुक्तीनाथ निरौला,एजेन्सी म्यानेजर रबिन शिवाकोटी, यशोदा कार्की, रमेश ओली लगायतको उपस्थिती रहेको थियो ।

बीमित लिम्बूको वैदेशिक रोजगारीको क्रममा कतारमा सडक दुर्घटनामा परि मृत्यु भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *