Sajhamanch Archive

शिवसताक्षी जारी मेयर कपः वडा नं. ५ लाई हराउँदै ४ विजयी

Published: in खेलकुद by .

शिवसताक्षी । झापा शिवसताक्षीमा जारी मेयर कप खेलकुद प्रतियोगितामा वडा नं. ४ विजयी भएको छ ।

शिवसताक्षीको दूधेमा निर्माणाधिन नगरस्तरीय रंगाशालामा जारी मेयर कपको मंगलबार भएको खेलमा वडा नं. ५ लाई ४–२ अन्तर हराउँदै वडा नं. ४ विजयी भएको हो ।

खेलमा पहिलो हाफको ८ औं मिनेटमा वडा वडा नं. ५ को तर्फबाट पहिलो गोल भएको थियो । वडा नं. ५ का जर्सी नं. ४ का सुमन फागोले गोल गर्दै खेललाई अग्रता दिलाए । त्यसै गरी खेलको २० औं मिनटमा जर्सी नं. १७ का आषिस ठाकुरले गोल गर्दै वडा नं. ४ लाई दुई गोल अन्तरले पछि पारेको थियो ।

खेलको २५ औं मिनेटमा वडा नं. ४ को तर्फबाट पासाङ्ग ल्हामो र ३३ औं मिनेटमा श्याम खत्रीले एक एक गोल गरेपछि खेल बराबरीमा रोकिएको थियो ।

दोस्रो हाफको ३० औं मिनेटमा वडा नं. ४ का राजकुमार तामाङ्ग र ३५ मिनेटमा अरुण ताजपुरियाले एक एक गोल गर्न सफल भएपछि वडा नं. ४ विजयी बनेको थियो ।

वडा नं. ४ का जर्सी नं. २५ का पासाङ्ग ल्हामो म्यान अफ दी म्याच घोषित भए ।

खेलको विजेता ७५ हजार पाउने छ भने उप विजेता ४१ हजार सहित मेडल तथा प्रमाण प्राप्त गर्ने छन् । भोली बुधबार वडा नं. ८ र वडा नं. ३ बीच खेल हुने नगर खेलकुद विकास समितिले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *