Sajhamanch Archive

कृषि पेसामा युवाको आकर्षण बढ्दो

Published: (Updated: ) in विविधा, by .

कमल । झापाको अर्जुनधारा नगरपालिकाका यतिवेला पशुपालन व्यवसायमा आकर्षित हुन थालेका छन् ।

पशुपालन व्यवसायमा युवाहरुको आकर्षण बढेसँगै नगरपालिकाले त्यस्ता युवालाई प्रोत्साहन गर्ने खालका विभिन्न कार्यक्रम सन्चालनमा ल्याएको छ ।

संघ, प्रदेस र स्थानिय तहले समेत पशुपालनमा लागेका कृषकका निम्ति विभिन्न अनुदान तथा प्रविधिक सेवा उपलब्ध गराएका कारणले पनि युवाहरुको पशुपालन तर्फ आकर्षण बढेको हो ।
अर्जनधारा नगरपालिका वडा नम्वर ५ स्थित दयार कृषि फर्म दर्तागरी चार वर्ष देखि व्यवसायिक रुपमा बाख्रापालन सुरु गरी हाल यसै पेसालाई मुख्य व्यवसाय बनाउदै वार्षिक रुपमा एकलाख भन्दा बढी आम्दानी गर्न सफल भएको देवकला प्रसाई बताउँछिन् । उनले सुरुमा २ वटा वाख्राबाट व्यवसाय सुरु गरेर हाल ३५ वटा बनाएको बताइन् । बाख्रा पालनबाट राम्रो हुने भएर यस व्यवसाय रोजेको उनको भनाई छ ।

सरकारबाट उपलब्ध गराईने दुई चारलाख रुयैया अनुदान मन्दा पनि आफुलाई तालिम र प्राविधिक सेवा पाए राम्रो हुने थियो । यो पटक प्रदेश सरकार बाट १० लाख रुपैया अनुदान पाउदै छु । त्यो भन्दा पनि प्रविधि र बजार व्यवस्था भए राम्रो हुने अर्जुनधार नगरपालिका वडा नम्वर ३ स्थित लिङदेन कृषि फर्मकी सन्चालिका सुमित्रा लिङदेन बताइन् । जबसम्म युवाहरु कृषि पेसामा आउदैन् तबसम्म नाराले मात्र केही हुँदैन त्यसैले यो पेसामा केहि गरौ भनेर आफुले एयरलाईन्सको जागिर छोडेर गाई पालन व्यवसायमा लागेको अर्जुनधारा नगरपालिका वडा नम्वर ६ स्थित कन्काई कृषि फर्मका संचालक सुवोध ढुङ्गेलले बताए । एक करोड रुपैयाको लगानी सुरु गरेकोे फर्ममा अहिले ३० वटा गाई छन् । दैनिक २ सय लिटर दुध विक्री गरेर मासिक १ लाख रुपैया आम्दानी गर्ने गरेका उनको भनाई छ ।

नगरपालिकाले पशुपालन गर्ने कृषकलाई विभिन्न समुह बनाएर कार्यक्रम सन्चालन गरिरहेको छ । नगरमा भएका गरिव, मध्यम र व्यवसायिक कृषकलाई उनिहरुको अवस्था हेरेर सोही अनुसारको सहयोग अर्जुनधारा नगरपालिकाका पशुपंक्षीं तथा कछुवा विकास शाखाका प्रमुख पदमलाल राईले बताए । नगरपालिकाको पशुसेवा शाखाले प्रविधिक सेवाका साथै निशुल्क औषधि समेत वितरण गरेका जनाएको छ ।

यस आर्थिक बर्षबाट संघ र प्रदेशबाट आएको अनुदान रकम मात्र नगरपालिकाले कृषकलाई वितरण गरेको छ । अनुदानले कृषकलाई फाईदा नभएको नगरपालिकालेल महशुस गरेपछि अनुदान दिनु भन्दा कृषकले उत्पादन गरेको बस्तु बजारीकरणतर्फ लागेको नगरपालिका प्रमुख हरिकुमार रानाले जानकारी दिए । जसका कारण कृषकले उत्पादन गरेको बस्तुले बजा रपनि राम्रो पाएको छ भने अर्कोतर्फ उत्पादित बस्तुले मुल्य पनि राम्रो पाएको प्रमुख रानाले बताए ।
कृषक आफुले लगानी गर्नु भन्दा पनि अनुदान लिनका लागि मात्र कृषि फर्म सन्चालन गर्ने र अनुदान पाएपछि व्यवसाय छोड्ने गरेका धेरै घटना छन् । जसका कारण सरकारी अनुदान वास्तविक किसानसँग पुग्न पाएको छैन । यसको अन्त्य गर्नका लागी अर्जुनधारा नगरपालिकाले अनुदान भन्दा पनि कृषकले उत्पादन गरेको बस्तुको बजारकिरण गर्न सुरु गरेको नगरपालिकाले जनाएको छ ।

आगामी दिनमा कृषकलाई अनुदान मात्र नदिएर कृषकले उत्पादन गरेको बस्तुको उचित मुल्यमा स्थानिय तहले बजारीकरणतर्फ ध्यान दिने हो भने कृषि पेसामा लागेका युवा आफ्नो व्यवसाय छोडेर पलायन हुनु पर्नै अवस्था आउने थिएन की भन्न सकिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *