Sajhamanch Archive

शिवसताक्षी मेयर कपः वडा नं. ८ लाई हराउँदै ३ विजयी

Published: in खेलकुद by .

शिवसताक्षी । शिवसताक्षीमा जारी मेयरकप फुटबल प्रतियोगितामा वडा नं. ३ विजयी भएको छ । बुधबारको खेलमा वडा नं. ८ लाई २–१ गोलअन्तरले हराउँदै वडा नं. ३ विजयी भएको हो ।

खेलको १७ औं मिनेट वडा नं. ८ ले पहिलो गोल गरेको थियो । वडा नं. ८ सुमन लिम्बुले गोल गर्दै खेललाई अग्रता दिलाए । त्यस्तै खेलकोे २१ मिनेट वडा नं. ३ अनिस सुब्बाले दोस्रो गोल गर्दै खेल बराबरीमा रोके । त्यसैगरी खेलको ५१ औं मिनेटमा वडा नं. ३ का मनकुमार मगरले निर्णायक गोल गर्न सफल भएका थिए ।

खेलको म्यान अफ दी म्याच वडा नं. ३ का गोलकिप्पर अमिर सुब्बा घोषित भएको नगर खेलकुद विकास समितिले जनाएको छ ।

खेलको विजेता ७५ हजार पाउने छ भने उप विजेता ४१ हजार सहित मेडल तथा प्रमाण प्राप्त गर्ने छन् । भोली विहीबार वडा नं. १ र वडा नं. ११ बीच खेल हुने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *