Sajhamanch Archive

आज देशभरका अदालत बन्द

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा सर्वोच्च अदालतले आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ ।

बुधबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो ।

बिहीबार सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतले जनाएको छ ।

पूर्वप्रधानन्यायाधीश सिंहको फागुन १८ गते साँझ निधन भएको थियो । सिंह २०५२ साल असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्त भएका थिए ।

उनले २०५३ फागुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए । सिंह न्याय र कानुनका क्षेत्रमा आदर्श व्यक्तित्व थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *