Sajhamanch Archive

पोलार्डले हाने ६ बलमा ६ छक्का !

Published: in खेलकुद by .

एजेन्सी । वेस्टइन्डिजका काइरन पोलार्डले श्रीलंकाविरुद्ध पहिलो टि२० खेलमा ६ बलमा ६ छक्का प्रहार गरेका छन् । जारी पहिलो टि २० खेलमा पोलार्डले छैटौं ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् ।

जितको लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पोलार्डले छैटौं ओभरमा श्रीलंका स्पिनर अलिका धनञ्जयलाई लगातार ६ बलमा ६ छक्का प्रहार गरेका हुन् । यसअघि धनञ्जयले खेलमा ह्याट्रिक लिएका थिए ।

धनञ्जयले चौथो ओभरमा ह्याट्रिक गरेका थिए । उनले चौथो ओभरको दोस्रो बलमा इभिन लुइस, तेस्रो बलमा क्रिस गेल र चौथो बलमा निकोलस पुरनलाई आउट गर्दै ह्याट्रिक लिएका थिए । पोलार्ड ११ बलमा ६ छक्का सहित ३८ रनमा आउट भएका हुन् ।

टि २० आई मा ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी भारतीय युवराज सिंह हुन् । युवराजले सन् २००७ मा भारतबाट इंग्ल्यान्डविरुद्ध प्रहार गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *