Sajhamanch Archive

१०७ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या दुई लाख ७४ हजार चार सय ८८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोना संक्रमणले तीन हजार १० जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो पटक ७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार ६८३ जना संक्रमणमुक्त भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *