Sajhamanch Archive

बालअधिकार सम्वन्धि छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न

Published: in विविधा by .

कमल । नेपाल बाल संगठन झापाको आयोजनामा आज विर्तामोडमा वाल अधिकार सम्वन्धि छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

विराट सामुदायिक सहकारी संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्लामा वालवालिकाको क्षेत्रमा क्रियाशिल संघ सस्थाका प्रतिनिधी र बालबालिकाको क्षेत्रमा कामगर्न इच्छुक व्याक्ति बीच छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।

२०४६ साल पछि राजनैतिक अवस्थाका कारण जिर्ण अवस्थामा पुगेको बाल संगठनलाई देशैकै उत्कृष्ट बनाउनका लागी संस्थाको सदस्यता विस्तार गर्ने काम भै रहेको छ । बालबालिका भनेका भविष्यका कर्णधार मात्र नभएर वर्तमानका साझेदार हुन त्यसैले अव सबैको साथ र सहयोगमा बालबालिकाको क्षेत्रमा निरन्तर रचनात्मक काम गर्ने नेपाल बाल संगठन झापाका सदस्य रोशन लामाले बताए ।

झापामा छिट्टै स्थानिय पालिकाको सहकार्यमा बालबालिकाका लागी वालमैत्री शासन, वाल अधिकारका क्षेत्रमा काम गर्ने छलफल भइरहेको नेपाल बाल संगठन झापाका सभापति रुद्र सिटौलाले बताए । संगठनमा काम गर्न धेरै चुनौती छ । पहिलेकोे समितिले काम नगरेको दश वर्ष भएको छ । उनले भने, अव नयाँ टिम बनाएर बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने गरी योजना बनाउदै अगाडी बढ्ने तयारीमा रहेको सभापति सिटौलाले जानकारी दिए ।

झापामा बाल संगठनको नाममा रहेको भौतिक संरचना पछिल्लो समय वेवारिसे अवस्थामा पुगेको रहेछ अव त्यसलाई संरक्षण गर्ने जिम्मेवारी नयाँ समितिको काँधमा आएको अध्यक्ष सिटौलाले बताए । समितीलाई पुर्णता दिन यहि फागुन २९ गते शनिवार संघको भद्रपुर स्थित कार्यलयमा साधारणसभा गर्ने निर्णय समेत भएको बताइएको छ।

छलफल तथा परिचयात्मक कार्यक्रमको सहजिकरण नेपाल बाल संगठन झापाका सदस्य फणिन्द्र दाहालल गरेका थिए । कार्यक्रममा जिल्ला वालपालिकाको क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधी लगायत ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *