Sajhamanch Archive

१२० जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । नेपालमा थप १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा १२० जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६०८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ८३ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ७६६ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *