Sajhamanch Archive

ओली पक्षको संसदीय दलको बैठक : ११५ जना उपस्थित भएको दाबी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठकमा ११५ जना सांसद सहभागी भएको दाबी गरिएको छ ।

आज बालुवाटारमा बसेको सो समूहको संसदीय दलको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रियसभाका २४ जना सांसद सहभागी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले दाबी गरे । अझै संख्या थपिने र आफूहरु उत्साहित भएको उनको भनाइ थियो ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव सामना गर्न तयार हो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, “अविश्वासको प्रस्ताव कसले ल्याउने भन्या छ, हामीलाई थाहा छैन ।”

अविश्वासको प्रस्ताव आए पनि पास नहुने दाबी उनले गरे । भट्टराईले कानुनी हिसाबले पार्टी विभाजन हुन कठिन रहेको पनि बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *