Sajhamanch Archive

महिलामाथिका हिंसाजन्य अपराध रोक्न उपसभामुखको जोड

Published: (Updated: ) in सहकारी by .

दमक । संघीय संसदकी उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेले देशैभरि महिलामाथि भईरहेका सवै खाले हिंसाजन्य अपराध रोक्न समुदाय जागरुक हुनुपर्ने औल्याएकी छन् ।

मंगलवार झापाको दमकमा मेची सहकारी संस्थाको २२ औ बार्षिकोत्सव तथा २४ औ साधारणसभाको उ्दघाटन गर्दे उपसभामुख डा. तुम्बाहाम्फेले महिलामाथि हुदैआएका हिंसाजन्य अपराध नियन्त्रण गर्न समुदायका हरेक व्यक्तिको भूमिका महत्वपूर्ण हुने जोड दिइन् ।

पछिल्ला समय देशैभरि महिलामाथि विभिन्न खालका हिंसाजन्य अपराध मौलाउदै गएको टिप्पणी गर्दे उनले त्यस्ता अपराधका घटना निरुत्साहित गर्न कानुन निर्माणसंगै समाजमा चेतना आवश्यक भएको चर्चा गरिन् ।  महिलामाथिका सवै खाले हिंसा रोक्न कानुन मात्र सक्षम नहुने भन्दै उनले त्यस्ता हिंसाका घटना हुन नदिन समाजको परिवारसंगै विभिन्न किसिमका अभियान समेत सञ्चालन गर्नुपर्ने धारणा राखिन् ।

समाजको तल्लो तहसंग स्थानीय क्षेत्रका सहकारी संस्थाहरुको पहुँच भएकाले समाजका सवै खाले विकृति ,विसंगति विरुद्ध अभियान थाल्न उनले सहकारीकर्मीहरुलाई सुझाव दिइन् । उनले मुलुक संविधान कार्यान्वयनको प्रकृयामा रहेकाले देशको समृद्धि यात्रालाई सवै क्षेत्रबाट सहयोग गर्नुपर्ने बताईन् । ‘ हामी संविधान निर्माणपछिका थप चरणमा छौ’ उपसभामुख तुम्बाहाम्फले भनिन्,–‘ मुलुकलाई अव विकाससंगै समृद्ध तर्फ डो¥याँउन सवै पक्षको भूमिका महत्वपूर्ण हुनुपर्छ ।’

संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा सम्मानित व्यक्तित्व बढाल, राष्ट्रिय सहकारी बैकका अध्यक्ष रमेश पोख्रेल,सदस्य सरिता भट्टराई, जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल,दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाललगायतले सहकारी विषयमा बोलेका थिए । वक्ताहरुले सहकारीहरु मार्फत विकासको दिगो लक्ष्य प्राप्तिका लागि स्थानीय ,प्रदेशसंगै केन्द्रीय सरकारको भूमिका शसक्त बनाउनु पर्ने जोड दिएका थिए ।

सो अवसरमा उपसभामुख तुम्बाहाम्फेले संस्थाको दमक–४ मा निर्माण हुन लागेको पाँच तले भवनको समेत शिलान्यास गरिन् । उनले डिजीटल श्रव्यदृष्यमार्फत भवनको शिलान्यास गरेकी थिईन् । आगामी २०७९ सालभित्रमा निर्माण पूरा हुने पाँचतले भवन सुविधासम्पन्न हुने अध्यक्ष भट्टराईले बताए । क७ कठ्ठा जमीनमा बनिने सो भवन सम्पन्न गर्न ६ करोड लाग्ने संस्थाको अनुमान छ ।

यसैगरि ,संस्थाको वन्दसत्रमा अध्यक्ष र लेखा समितिका दुवै प्रतिवेदनहरु आवश्यक सुझावसहित पारित गरिएको संस्थाले जनाएको छ ।

एक दर्जन बढी पत्रकार  पुरस्कृत


संस्थाले आफनो साधारणसभाका दिन वितरण गर्देआएको एक दर्जन सम्मानसहितका पुरस्कारहरु समेत वितरण गरिएको छ । संस्थाले सहकारीका क्षेत्रमा कलम चलाएवापत झापा,दमकका पत्रकार विष्णु सुब्बालाई स्व. गणेशप्रसाद बस्नेत सहकारी पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

नगद ७ हजार,सम्मानपत्रसहित सुव्वालाई पुरस्कृत गरिएको हो । सुब्बा दुई दशकदेखि जिल्लाका क्रियाशील पत्रकार हुन् । उनी राष्ट्रिय समाचार समितिका जिल्ला प्रतिनिधि तथा हाम्रो दमक डटकमका सम्पादक समेत हुन् ।

त्यस्तै स्व. गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कारवाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बढाललाई प्रदान गरियो । सो पुरस्कारको राशी २० हजारसहित सम्मानपत्र छ । संस्थाका पूर्वअध्यक्ष स्व. बस्नेतको स्मृतिमा संस्थाले ती सम्मानसहितको पुरस्कार प्रदान गर्दैआएको  हो ।

यसैगरि ,संस्थाले मेची सहकारी पुरस्कारबाट कान्तिपुर दैनिकका अर्जुन राजवंशी ,सञ्चार संस्थाका रुपमा सवाल नेपालका सम्पादक विष्णु पोख्रेललाई समेत नगद, प्रंशसापत्रसहित पुरस्कृत गरिएको थियो।त्यस्तै ,उत्कृष्ठ कर्मचारीका रुपमा महेन्द्र अधिकारी,बालकुमारी आचार्य र सुरक्षागार्ड भरत संग्रौलालाई समेत पुरस्कृत गरिएको संस्थाका व्यवस्थापक खोमप्रसाद वगालेले बताए ।

यसैगरि,संस्थाले सहकारी संस्थामा आवद्ध शेयर सदस्यका परिवारबाट कक्षा १२ उत्तीर्ण हुने मिलन खड्का,प्रतिक्षा खड्का,भूमिका उप्रेती,रोशन भट्टराई र एलिना थापालाई जनही नगद १० हजार,प्रंशसा पत्र सहित पुरस्कृत गरिएको थियो । यस्तै, संस्था मार्फत विद्यार्थीलाई अभिभावकत्व प्रदान गर्ने विभिन्न १ दर्जन सामुदायिक विद्यालयलाई समेत प्रंशसापत्र प्रदान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *