Sajhamanch Archive

तोकिएको समयमा सुरु हुन सकेन संसद् बैठक

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सर्वत्र चासोका साथ हेरिएको प्रतिनिधिसभाको बैठक तोकिएको समयमा शुरु हुन सकेको छैन । सर्वोच्च अदालतको आदेशपछि पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक राष्ट्रपतिले अपरान्ह ४ बजे आह्वान गरे पनि आधा घण्टा बितिसक्दा पनि शुरु हुन सकेको छैन ।

प्रधानमन्त्री, मन्त्रीलगायत सांसदहरू केही ढिला गरी बैठक कक्षमा प्रवेश गरेका छन् । संसद भवन नयाँ बानेश्वर परिसरमा पत्रकारको बाक्लो उपस्थिति रहेको छ।

बैठकका लागि संसद सचिवालयले कार्यसूची सार्वजनिक गरिसकेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *