Sajhamanch Archive

भारत छिरेका प्रहरीलाई फिर्ता गर्न म्यानमारको अनुरोध

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । सैन्य ‘कू’भएपछि भागेर भारत छिरेका प्रहरीलाई फिर्ता गर्न भारत सरकारलाई म्यानमारले आग्रह गरेको छ ।

म्यानमारका केही प्रहरी, परिवारसहित भारत गएपछि म्यानमारले भारत सरकारलाई पत्र पठाएर फिर्ता गरिदिन आग्रह गरेको बीबीसीले जनाएको छ ।

म्यानमारका अधिकारीले भारतलाई पठाएको पत्रमा मैत्रीपूर्ण सम्बन्ध कायम राख्न पनि म्यानमारका प्रहरी अधिकारीलाई फर्काउन सहयोग गर्न भारतलाई आग्रह गरिएको छ ।

म्यानमारमा गएको महिना भएको सैन्य ‘कू’पछि विरोध प्रदर्शन भइरहेको छ । म्यानमारका सेनाले प्रदर्शनकारीमाथि दबाब बढाउँदै लगेको छ । विरोध प्रदर्शनका क्रममा म्यानमारमा अहिलेसम्म ५५ जनाको ज्यान गइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *