Sajhamanch Archive

खुल्ला व्याडमिटन प्रतियोगिताको फाइनल भोलि

Published: (Updated: ) in खेलकुद by .

बिर्तामोड । झापाको बिर्तामोडमा जारी दोस्रो लायन्स क्लब जिल्ला स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिताको फाइनल मेन्स डवल तर्फ नविन सिलवाल, चाणक्य पाठक बिर्तामोड  र प्रनिशसिंह ठकुरी, दिपक घिमिरे काकरभिट्टाविच हुने भएको छ ।

नविन र चाणक्यको जोडिले २१–८ र २१–१२ को सोजो सेटमा विशन राई, अनुप अधिकारी दमकको जोडीलाई हराउदै फाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै प्रनिश र दिपकको जोडीले सुदेन राई, प्रकाश राई दमकको जोडिलाई २१–८ र २१–१७ को सोजो सेटमा हराउदै फाइनलको यात्रा तय गरेको हो ।

त्यसैगरी  ४५ प्लस डवलमा सञ्जय भक्तारज, गणेश कार्की  बिर्तामोडविरुद्ध श्रीप्रसाद धिमाल, विष्णु तामाङ्ग काकरभिट्टाविच फाइनल खेल हुने भएको छ ।

आज भएको सेमीफाइनलमा सञ्जय भक्तराज, गणेश कार्कीको जोडिले सूर्य अधिकारी, कुलदिप चौधरी चन्द्रगढिको जोडिलाई २१–७, १४–२१ र २१–१२ को सेटमा हराउदै फाइनल प्रवेश गरेको हो ।

यसैगरि श्रीप्रसाद धिमाल, विष्णु तामाङ्ग काकरभिट्टाले नगेन्द्र गहतराज र गंगा फेदापे विर्तामोडलाई २१–१६ र २२–२० को सोजो सेटमा हराउदै फाइनल यात्रा तय गरेको हो ।

लायन्स क्लव अफ अनारमनीको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित ‘झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला व्याडमिटन प्रतियोगिता’ आइतबारबाट शुरु भएको हो ।

बिर्ता व्याडमिटन क्लवको कवर्ड हलमा भईरहेको सो प्रतियोगिताको फाइनल खेल भोली हुनेछ । प्रतियोगितामा यस वर्ष खुल्ला तर्फ ३० र भेट्रान तर्फ २३ टिम सहभागी रहेका छन् ।

प्रतियोगितामा खुल्ला तर्फका प्रथमले नगद २५ हजार, द्वितीयले २० हजार र तृतीय हुने टिमले आठ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यस्तै भेट्रानतर्फ प्रथमले २० द्वितीयले १५ र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद तथा ट्रफी र प्रमाणपत्र हात पार्ने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *