Sajhamanch Archive

सेनेटरी प्याड वितरण तथा किशोरी स्वास्थ्यबारे जनचेतनामुलक कार्यक्रम सम्पन्न

Published: (Updated: ) in शिक्षा, समाज by .

मेचीनगर । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा धुलाबारी जुनियर जेसिजले सेनेटरी प्याड वितरण तथा किशोरी स्वास्थ्यबारे जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

ऐक्का धुलाबारी मा. वि को सहकार्यमा मेचीनगर नगरपालिका वडा नं.९ र १० का विभिन्न संघसंस्था र सामुदायिक तथा निजी विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड तथा किशोरी स्वस्थबारे जानकारी गराइएको थियो ।

धुलाबारी जुनियर जेसिज वर्ष २०२१ का अध्यक्ष जेसि शैलेश गौतमको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि धुलाबारी जेसिजका पुर्व अध्यक्ष जेसि तेजप्रसाद चौलागाईं रहेका थिए ।

उक्त किशोरी स्वस्थबारे जनचेतनामुलक कार्यक्रमको सहजीकरण करुणा मगर थापाले गरेकी थिइन् । उनले किशोरी अवस्थामा उत्पन्न हुने समस्या तथा समाधानका उपायका बारेमा सहभागी विद्यार्थीहरुलाई जानकारी गराएकी थिइन् ।

जेसि विष्णु चिमरियाको संयोजकत्वमा भएको कार्यक्रममा मातृशाखा धुलाबारी जेसिज वर्ष २०२१ का अध्यक्ष राजिव प्रसाईं, निवर्तमान अध्यक्ष सागर खनाल लगायतको उपस्थिति रहेको थियो ।

जेसी स्नेहा भणडारीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन धुलाबारी जुनियर जेसिज वर्ष २०२१ का महासचिव सचेत घिमिरेले गरेका थिए ।

साथै सोमबार नै धुलाबारी जुनियर जेसिजले पिछडिएका मुलका महिलाहरुलाई घर-घरमा पुगेर युजेबल सेनिटेरी प्याड समेत वितरण गरिएको गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *