Sajhamanch Archive

‘ए मेरो हजुर ४’ भदौ १८ बाट प्रदर्शन हुने

Published: in गीत/संगीत/मनोरञ्जन by .

नायक अनमोल केसी, नायिका सुहाना थापा र नायक सलोन बस्नेतले अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर ४’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ ।

यो चलचित्र आउँदो बर्षको भदौ १८ गतेबाट रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै यसको प्रदर्शन मिति तय गरिएको हो ।

चलचित्रको फस्टलुकमा नायक अनमोल केसी र नायिका सुहाना थापा रोमान्टिक मुडमा देखिएका छन् । सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

यो चलचित्रमा झरना थापा र छेतेन गुरुङको कथा, मन्दिप गौतम, प्रतिक पौडेल र उपकार पाण्डे, झरना थापाा । छेतेन गुरुङको पटकथा तथा संवाद छ ।

चलचित्रमा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन छ । चलचित्रलाई यो बर्षको दशैंमा रिलिज गर्ने तयारी यसको निर्माणपक्षको थियो । तर, कोरोना कारण लकडाउन भएपछि चलचित्र यो वर्ष रिलिज हुने सकेन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *