Sajhamanch Archive

आजको मौसम : केही ठाउँमा वर्षा र केही ठाउँमा मौसम सफा रहने

Published: in समाज by .

झापा । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार प्रदेश १‚ बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार ती प्रदेशका पहाडी क्षेत्रमा दिउँसोपख आंशिकदेखि सामान्य बदली रहने छ । यस्तै‚ अपराह्नपछि भने ती स्थानहरुमा मेघगर्जन र चट्याङसहितको क्षणिक वर्षाको सम्भावना पनि रहेको छ ।

अहिले देशका पहाडी भेगको मौसम आंशिक बदली भएको छ । काठमाडौं उपत्यकालगायतका बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *