Sajhamanch Archive

कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको बिषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग छलफल गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘संसद संचालन, सरकार र संविधान कार्यान्वयन गर्ने बिषयमा हामीले कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेका छौँ’ उनले भने, ‘आवश्यक परेको खण्डमा एमालेसँग पनि वार्ता गर्ने सकिन्छ ।’

उनले फागुन २९ गते केन्द्रीय कमिटीको बैठक र चैत १ गते कार्यकर्ता भेला आह्वान गरेको समेत बताए । सरकारलाई दिएको समर्थन के गर्ने भन्नेबारे केही निर्णय नभएको प्रवक्ता श्रेष्ठले बताए ।

‘अदालतको निर्णयपछि ओली पक्षमा रहेका नेताहरुले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभएको छैन । उहाँहरुको आधिकारिक धारणा आएपछि मात्रै हामी निर्णय गछौँ’ उनले भने ।

पार्टी एकताको सम्भावना बारेमा अदालत निर्वाचन आयोग भन्न नपर्ने तर्क गरे । ‘हामीलाई आयोग र अदालतले भनेर एकता गर्ने होइन । हामी पहल गछौँ वातावरण मिल्यो भने गछौँ । नमिले गर्दैनौँ’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *