Sajhamanch Archive

एमालेसँग वार्ता गर्न जसपाले बनायो वार्ता टोली

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । जनता समाजवादी पार्टीले नयाँ सरकार गठनलगायतका विषयमा सत्तारुढ नेकपा एमालेसँग वार्ता गर्न २ सदस्यीय समिति गठन गरेको छ । वार्ता टोलीमा नेताहरु लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिएपछि अब संसदमा दुबै दल पूर्व दलको हैसियतमै क्रियाशील हुने भएका छन् ।

त्यसैले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार कायम राख्न एमालेले अर्को दलको साथ लिनुपर्नेछ । नेकपा एमालेले भने नेता सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल रहेको समिति बनाएको छ ।

                                                                                                                    अनलाइनखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *