Sajhamanch Archive

विविध कार्यक्रम गर्दै मनाइयो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

Published: (Updated: ) in समाज, स्थानीय तह by .

कमल । देशैभरी १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

यसैक्रममा “महिलाको सुरक्षा सम्मान र रोजगार संवृद्ध नेपालको आधार” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने क्रममा झापाको कमल गाउँपालिकाले भने गत वर्षको भन्दा फरक तरिकाले अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।

गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसोवास गर्ने व्यवसायी तथा उद्यमी महिलालाई सम्मान गर्नुृका साथै व्यवसाय प्रवद्र्धनका निमित्त ठेला भ्यान प्रदान गर्दै श्रमिक महिला दिवस मनाएको हो ।

आफुले गरेको मेहनतको कदर गर्दै गाउँपालिकाले सम्मान गरेकोमा आफुलाई अत्यन्तै खुशि लागेको छ । जसले गर्दा व्यवसाय प्रति थप जिम्मेवार हुने प्रेरण मिलेको कमल गाउँपालिको वडा नंं.१ मा होटल व्यवसाय सञ्चालन गर्दै आएकी रन्जना खड्का बताउँछिन् ।

दिनरात नभनि सिटी सफरी चलाउनु चानचुने कुरा होईन त्यसमा पनि महिलाले बिहानदेखी साँझसम्म सिटी चलाएर गुजारा गर्दै आएकी शान्ति माझीलाई गाउँपालिकाबाट आफु सम्मानित हुन पाउँदा खुशी लागेको बताउँछिन् ।

गाउँपालिकाको तर्फबाट सम्मानित हुन पाउँदा खुशि नहुने त कुरा भएन हामी जस्ता कृषकलाई गाउँपालिकाले सम्मान गर्दा अन्य कृषकलाई समेत हौसला बढ्ने र पशुपालन पेसाप्रति आकर्षण बढने कमल गाउँपालिका वडा नं.४ की कृषक पवित्रा अधिकारीले बताइन् ।

कार्यक्रममा गाउँपालिकामा रहेर विभिन्न उद्योग र व्यवसायी सञ्चालन गर्दै आएका सातजना महिलालाई सम्मान गरिएको थियो भने सातजना महिलालाई ठेला भ्यान प्रदान गरिएको थियो ।

त्यसैगरी सम्मानित हुने महिलामा होटल व्यवसाय सञ्चालक रन्जना खड्का, मासु पसल सञ्चालक सुनिता शहा, व्युटि पार्लर व्यवसायी सुनिता विष्ट, पशुपालन व्यवसायी पवित्रा अधिकारी, सिटी सफारी चालक शान्ति माझी, टेलरिङ्ग व्यवसायी कोपिला राउत र ढाका बुनाई विन्दा अधिकारीलाई सम्मान पत्रसहित नगद पाँच हजार रुपैयाले सम्मान गरिएको थियो ।

गाउँपालिका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बेनु सिवाकोटी, उद्यमशिल महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहाल, समावेसी महिला शसक्तिकरणका अध्यक्ष गौरा चापागाई लगायतले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका बारेमा आ -आफना धारणा राखेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन कमल गाउँपालिका महिला तथा बालबालिका शाखाका प्रमुख रेनुका गौतमले गरेकी थिइन् ।

ठेला भ्यान प्रदान

१११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कमल गाउँपालिकाले गाउँपालिकामा रहेर विभिन्न व्यापार व्यवसाय सञ्चालन गर्दै आएका सातजना महिलालाई उनिहरुको व्यवसाय प्रवद्र्धनका लागी ठेला भ्यान उपलव्ध गराएको छ ।

गाउँपालिकाले ठेला भ्यान उपलव्ध गराएका उद्यमी महिला विमला साहा ,नमिता मण्डल, मिना रेग्मि (सिवाकोटी), डुकु राजंवंशी, फोदो राजवंशी, राममाया विश्वकर्मा र दुर्गा श्रेष्ठलाई ठेला भ्यान प्रदान गरिएको कमल गाउाँपलिकाका प्रमुख प्रसाशकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

जेसिजद्वारा सेनेटरी प्याड वितरण

१११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा कमल नगर जेसिजले सेनेटरी प्याड वितरण गरेको छ ।

उक्त प्याड कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले एक कार्यक्रमका बीच महिलाहरुलाई वितरण गरेको कमल नगर जेसिज वर्ष २०२१ का अध्यक्ष गोपाल खनालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *