Sajhamanch Archive

नेपालमा खिचिएको ‘सन्दिप और पिंकी फरार’ को ट्रेलर रिलिज

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

अर्जुन कपूर र परिणीति चोपडा अभिनीत फिल्म ‘सन्दिप और पिंकी फरार’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । १ मिनेट ४६ सेकेण्डको ट्रेलरमा फिल्मको मूल द्वन्द्व प्रस्ट्याइएको छैन ।

अर्जुन र परिणीतिको भेट भएपछि आउने उतार-चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । यशराज फिल्मस्को ब्यानरमा बनेको फिल्म यही १९ मार्चबाट प्रदर्शनमा आउँदैछ ।

दिबाकर बनर्जी निर्देशित यो फिल्मको नेपालमा पनि छायांकन भएको छ । नेपाल–भारत सीमानामा पर्ने बैतडी झुलाघाट नाका क्षेत्रमा छायांकन गर्न दुई वर्ष अगाडि फिल्मको टिम नेपाल आएको थियो ।सार्वजनिक ट्रेलरमा नेपालका केही दृश्यहरु देख्न सकिन्छ । पहिलो ट्रेलरमा पनि नेपालका दृश्य समावेश थियो । फिल्मको २५ प्रतिशत छायांकन नेपालमा भएको बुझिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *