Sajhamanch Archive

शिवसताक्षी मेयर कपः वडा नं. ७ लाई हराउँदै २ फाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद, विविधा by .

शिवसताक्षी । झापा शिवसताक्षीमा जारी मेयर कप फुटबल प्रतियागितामा वडा नं. २ फाइनलमा प्रवेश गरेको छ । वडा नं. ७ लाई ४–२ गोल अन्तरले हराउँदै वडा नं. २ फाइनलमा प्रवेश गरेको हो ।

खेलका ८ औं मिनेटमा वडा नं. २ का क्याप्टेन जर्सी नं. १० का संजिव बुढाथोकीले पहिलो गोल गरेका थिए । २१ औं मिनेटमा क्याप्टेन बुढाथोकीले थप गोल गर्दै खेललाई दुई गोलले अग्रता दिलाए । त्यसैगरी खेलको ३२ औं मिनेटमा वडा नं. ७ का तर्फबाट जर्सी नं.२८ पारस माझी गोल गर्दै आफ्नो टिमबाट खाता खोलेका थिए । खेलको ३६ औं मिनेटमा वडा नं. २ का सागर आलेले एक गोल र ५९ मिनेटमा जर्सी नं. १०का टिम क्याप्टेन संजिव बुढाथोकीले हेट्रिक गरी आफ्नो टिमको तर्फबाट चौथो गोल गरे ।

त्यसैगरी खेलको ६८ औं मिनेटमा वडा नं. ७ का तर्फबाट मंजिल माझीले एक गोल थप गरी आफ्नो टिपबाट दोस्रो गोल गरे ।
खेलको म्यान अफ दी म्याच वडा नं. २ का क्याप्टेन संजिव बुढाथोकी घोषित भए ।

खेलको विजेता ७५ हजार पाउने छ भने उप विजेता ४१ हजार सहित मेडल तथा प्रमाण प्राप्त गर्ने छन् ।
भोली बुधबार वडा नं. ४ र १० बीच सेमी फाइनल खेल हुने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *