Sajhamanch Archive

बुढानिलकण्ठमा देउवा-प्रचण्डबीच कुराकानी

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सकिएपछि प्रचण्ड मंगलबार देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए ।

उनीहरूबीच २० मिनेट कुराकानी भए पनि के विषयमा कुराकानी भयो भन्नेबारे खुलाइएको छैन । आजै नेकपा माओवादी केन्द्रले कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो।

सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गरिदिएपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब बहुमत पुर्‍याउन अर्को दलका सांसद आवश्यक पर्छ ।

                                                                                                   सेतोपाटीबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *