Sajhamanch Archive

अमेरिका प्रवेशका लागि विभिन्न देशमा लागेको प्रतिबन्ध फुकुवा

Published: in विश्व समाचार by .

एजेन्सी । अमेरिकाले विभिन्न देशमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । अमेरिकी विदेश विभागको यो निर्णयसँगै अब विभिन्न १३ देशका नागरिकहरु भिसाका लागि फेरि आवेदन दिन पाउने भएका छन् ।

यसअघि डोनाल्ड ट्रम्प प्रशासनले केही अफ्रिकी देश र धेरैजसो मुस्लिम देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । ईरान, लिबिया, सोमालिया, सुडान, सिरिया, यमन लगायत १३ देशबाट अमेरिका आउने यात्रीलाई प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनले घोषणाा गरेको थियो ।

पूर्व राष्ट्रपति ट्रम्पको निर्णयलाई उल्ट्याएर जो बाइडेनको प्रशासनले प्रतिबन्ध फुकुवाको घोषणा गरेको हो । सन् २०२० को जनवरी २० भन्दा अघि भिसा दिन अस्वीकार गरेकाहरूलाई फेरि आवेदन दिएर आवेदन शुल्क बुझाउन आग्रह गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *