Sajhamanch Archive

आजको मौसम यस्तो छ !

Published: in समाज by .

झापा । देशका पहाडी क्षेत्रका केही ठाउँमा आज दिउँसोपछि मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद्ले बताएका छन् ।

प्रि मनसुनको सिजन भएकाले अब हरेक दिनजसो दिउँसोपछि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद् सजिना शाक्यले बताइन । प्रि मनसुनमा स्थानीय वायुको प्रभावको असर धेरै पर्ने हुन्छ । स्थानीय वायुको प्रभावकै कारण कुनै एक ठाउँमा घाम लागिरहे पनि त्यसको नजिकै असिना पानी पर्न सक्छ ।

मार्च, अप्रिल र मे गरी तीन महिनालाई प्रि मनसुनको सिजन मानिन्छ । जुनदेखि भने नेपालमा मनसुन लाग्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *