Sajhamanch Archive

अन्तुडाँडाका होमस्टेहरुमा एक्सेल बैंकको क्यूआर कोड

Published: (Updated: ) in अर्थतन्त्र, समाज by .

बिर्तामोड । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले इलामको सूर्योदय नगरपालिका-४ र ५ अन्तर्गत श्रीअन्तुमा रहेको अन्तुडाँडा सामुदायिक होमस्टे अन्तर्गत रहेका होमस्टहरुमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी शुरु गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई रहेका थिए ।

उक्त अवसरमामा अन्तुडाँडा सामुदायिक होमस्टेहरुलाई एक्सेल डेभलपमेन्ट बैंकबाट उपलव्ध गराइएको क्यूआर कोड हस्तान्तरण गर्दै प्रमुख अतिथि राईले कुनै पनि बैंकको शाखा नरहेको श्रीअन्तुमा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले अन्तुडाँडा सामुदायिक होमस्टे अन्तर्गत रहेका होमस्टे र अन्य होमस्टेहरुमा आउने ग्राहकहरुको सहजताका लागि डिजीटल भुक्तानि माध्यम (क्यूआर कोड) मार्फत नगदरहित भुक्तानी शुरु गरेकोमा बैंकको प्रशंसा गरेका थिए ।

एक्सेल डेभलपमेन्ट बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले श्रीअन्तुमा रहेको अन्तुडाँडा सामुदायिक होमस्टे अन्तर्गत रहेका होमस्टे र अन्य होमस्टेहरुमा आउने ग्राहकहरुको सहजताका लागि डिजीटल भुक्तानी माध्यम (क्यूआर कोड) मार्फत नगदरहित भुक्तानी शुरु गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले बताए ।

सो कार्यक्रममा सूर्योदय नगरपालिका –४ का वडाध्यक्ष मधुसुदन लामिछाने, सूर्योदय नगरपालिका–५ का वडाध्यक्ष प्रेमकुमार तामाङ , होमस्टे एशोसिएशन नेपालका केन्द्रीय सदस्य एकराज घिमिरे, अन्तुडाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आले, समाजसेवी केदार अधिकारी लगायतले एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले अन्तुडाँडा सामुदायिक होमस्टे अन्तर्गत रहेका होमस्टे र अन्य होमस्टेहरुमा आउने ग्राहकहरुको सहजताकालागि डिजीटल भुक्तानि माध्यम (क्यूआर कोड) मार्फत नगदरहित भुक्तानी शुरु गरेकोमा बैंकको प्रशंसा गरेका थिए ।

कार्यक्रममा बैंकका सहायक महाप्रवन्धक अशोक क्षेत्रीले स्वागत गर्दै उक्त क्यूआर कोड सेवा सुरु भएसँगै अन्तुडाँडा सामुदायिक होमस्टे अन्तर्गत रहेका होमस्टे र अन्य होमस्टेहरुमा आउने ग्राहकले भुक्तानी गर्नुपर्ने रकम होमस्टेलाई सीधै उनीहरुको खातामा जम्मा हुने गरी भुक्तानी गर्न सक्ने बताए ।

उक्त कार्यक्रममा अन्तुडाँडा सामुदायिक होमस्टे अन्तर्गत रहेका ४० वटा होमस्टेका सञ्चालकहरुलाई डिजीटल भुक्तानि माध्यम (क्यूआर कोड) हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन एक्सेल डेभलपमेन्ट बैंकका बजार व्यवस्थापन प्रमुख सुमन लामिछानेले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *