Sajhamanch Archive

गुगल, ट्वीटर र फेसबुकलाई ट्रम्पको चेतावनी

Published: (Updated: ) in विविधा, by .

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुगल, ट्वीटर तथा फेसबुकले समस्याग्रस्त क्षेत्रमा पनि हात हालेको भन्दै सचेत भएर काम गर्न चेतावनी दिएका छन्।

गुगल, ट्वीटर तथा फेसबुकले पूर्वाग्रह राखेको भन्ने आरोप लागिरहेका बेला ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। ‘ट्रम्प न्युज’ भनेर सर्च गर्दा गुगलले कथित रूपमा पूर्वाग्रह गरेको आरोप लागेपछि ट्रम्पले प्रविधि क्षेत्रका ‘जाइन्ट कम्पनी’हरूलाई निकै सचेत भएर काम गर्न चेतावनी दिएका हुन्।

गुगलले भने आफ्नो सर्च इन्जिनको कुनै राजनीतिक एजेण्डा नरहेको र कुनै पनि राजनीतिक विचारधाराप्रति पूर्वाग्रह नरहेको बताएको छ। ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले गुगलमाथि धेरै व्यक्तिबाट धेरै लाभ लिएको र यो निकै गम्भीर कुरा रहेको बताएका छन्। यस्तै उनले ट्वीटर र फेसबुक पनि सचेत हुनु पर्ने बताए। गुगल, ट्वीटर र फेसबुक पूर्वाग्रही भएको भन्दै हजारौँ उजुरी आएको ट्रम्पको भनाइ छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *