Sajhamanch Archive

१०४ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । पछिल्लो २४ घण्टामा नेपालमा थप १०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

३४८८ जनाको पीसीआर परीक्षण गर्दा १०४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोराना पोजेटिभ हुनेको कुल सङ्ख्या दुई लाख ७४ हजार ९७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ६३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार ५० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण तीन हजार १२ जनाले ज्यान गुमाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *