Sajhamanch Archive

कम्युनिष्टसँग मिलेर सरकारमा गए कांग्रेस समाप्त हुन्छः डा. कोइराला

Published: in राजनीति by .

विर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कम्युनिष्टसँग मिलेर कांग्रेस सरकारमा गए कांग्रेस समाप्त हुने बताएका छन्

नेपाली कांग्रेस झापाको आयोजनामा विर्तामोडमा सम्पन्न कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक निकासका लागि सबै दलसँग छलफल गरेर निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् ।

कांग्रेसको १४ औं महाधिवेशनमार्फत नयाँ नेतृत्व स्थापित गर्न सकेमात्रै कांग्रेस गतिशिल हुन सक्ने बताउँदै कोइरालाले महाधिवेशनमा सभापतिका लागि आफ्नो उम्मेद्वारी रहने पनि रहने बताए ।

‘युवा पुस्ताको ऊर्जा र अग्रजको अनुभवले कांग्रेस बनेको चर्चा गर्दै उहाँले पार्टीमा युवाको सहभागिता बढाउनुपर्नेमा उनको जोड थियो ।

पार्टीको सांगठनिक कार्यशैली फेरिनुपर्ने भन्दै कोइरालाले ‘एक ब्यक्ति, भक पद र एक कार्यकाल’ को नीति अवलम्बन गर्नुपर्नेमा बताए ।

‘पार्टी सभापति नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने दृष्टिकोणले कांग्रेसलाई अब माथि पु¥याउँदैन’–नेता कोइरालाले भने, ‘म सभापति भएमा दोस्रोपटक दोहो¥याउँदिन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *