Sajhamanch Archive

महाशिवरात्रीमा भजन प्रतियोगिताः शिवसताक्षीका बराल प्रथम

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

शिवसताक्षी । महाशिवरात्रीमा शिवसताक्षीमा आयोजित भजन गायन प्रतियोगितामा शिवसताक्षी १० माइधारका देवीप्रसाद बराल प्रथम भएका छन् ।

शिवसताक्षी न.पा. ११, दूधे स्थित शिवपाञ्चानय मन्दिर विकास समितिद्वारा आयोजित भजन प्रतियोगितामा बराल प्रथम भएका हुन् । त्यस्तै मेची नगरकी रोशा फुयाल द्धितीय र शान्ति भट्टराईले तृतीय स्थान हासिल गरेका छन् ।

त्यस्तै भजन नृत्यतर्फ आयोजक शिवपाञ्चान मन्दिर विकास समितिकी ग्रेसी काफ्ले प्रथम भएकी छिन् । शौशवमञ्च नेपालबाट राजेश बस्नेत द्वितीय र शिवसताक्षी ११ स्थित नन्देश्वर मन्दिरबाट सुस्मिता राई तृतीय स्थान हासिल गरेकी थिइन् ।

त्यस्तै शङ्खनाद प्रतियोगितामा शिवसताक्षीका ११ का प्रशन्न दवाडीेले प्रथम र स्थान हासिल गरेका छन् । शिवसताक्षी १० माइधारका मिलन पोख्रेल द्वितीय र शिवसताक्षी ११ का पुष्पलाल दंगाल तृतीय स्थान हासिल गरेका हुन् ।

भजन गायन तथा भजन नृत्यमा प्रथम, द्वितीय र तृतीय हासिल गर्नु हुने प्रतियोगीहरुले क्रमशः ७ हजार, ४ हजार, ३ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेको शिवपञ्चान मन्दिर विकास समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले जानकारी दिए । त्यस्तै शङ्खनाद प्रतियोगितमा प्रथम द्वितीय र तृतीय हुने प्रतियोगीले नगद ४ हजार, ३ हजार र २ हजार सहित प्रमाण पत्र प्राप्त गरेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शताक्षी गोकुलम्का प्राचार्य मदनमोहन अधिकारी र शिवपान्चायन मन्दिर विकास समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले पुरस्कार वितरण गरेका थिए ।

भजन गायनमा ९ विभिन्न भजन मण्डली तथा व्यक्तिगत गरी ९ जनाले सहभागीता जनाएका थिए भने भजन नृत्यमा ६ जनामा प्रतियोगितामा सहभागी भएका थिए । त्यस्तै शंङ्खनाद प्रतियोगितामा १२ जनाले सहभागीता जनाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि अधिकारीले शिवको महिनाका बारेमा चर्चा गरेका थिए । संत्सग तर्फ युवा पिडीलाई आकर्षण गर्न शिवपान्चायन मन्दिर विकास समितिले भजन गायन, भजन नृत्य र शङ्नाद प्रतियोगिताको आयोजना गरेको सचिव गोविन्द काफ्लेले जानकारी दिए । वदलिदो परिस्थिति र पश्चिमी संस्कृति भित्रिरहेको अवस्थामा आफ्नो धर्म संस्कृति जर्गेना गर्नका लागि युवा पिडी पनि अग्रसर हुनु पर्छ भन्ने उद्देश्यले वर्षेनी शिवरात्रीको दिन मन्दिरले प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको उनले बताए ।

कार्यक्रमको पुरस्कार राशीका लागि शिवसताक्षी ११ हाल वैदेशिक रोजगारीका क्रममा अफगानिस्तानमा रहेका सहदेव चौहानले ५० हजार सहयोग गरेको शिवपाञ्चान मन्दिर विकास समितिले जनाएको छ । कार्यक्रम विहीबार बेलुकी शिवपाञ्चायन मन्दिर परिसरमा भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *