Sajhamanch Archive

शिवसताक्षी मेयर कपको उपाधि वडा नं. १० को पोल्टामा

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, विविधा by .

शिवसताक्षी । झापा शिवसताक्षीमा जारी मेयर कप फूटबल प्रतियोगिताको उपाधि वडा नं. १० कोे पोल्टामा परेको छ । वडा नं. २ लाई ४ – ० गोल अन्तरलाई हराउँदै १० ले उपाधि हात पारेको हो ।

खेलको पहिलो हाफको १८ मिनेटमा वडा नं. १० का खेलाडी पवन राईले गोल गर्दै खेललाई १–० को अन्तर बनाए । पहिलो हाफकै इन्जुरी समयमा रुपेस लिम्बुले थप एक गोल गर्ने सफल भए । खेलमा वडा नं. १० ले वडा नं. २ लाई दवावमा राखेर खेलेको थियो । त्यसैगरी दोस्रो हाफको ११ औं  मिनेटमा पुनः पवन राईले एक गोल र ३९ मिनेटमा रुपेश लिम्बुले एक गोल थप गरी खेलमा ४–० फाकिलो अन्तर बनाउन सफल भए ।

प्रतियोगिताको उपाधि विजेता वडा न. १० ले नगद ७५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे भने उपविजोता वडा नं. २ ले नगद ४१ हजार सहित मेडल,ट्रफी र प्रमाण पत्र प्राप्त गरे । उनीहरुलाई नगरप्रमुख चन्द्रकुमार सेर्माले उक्त ट्रफी हस्तान्तरण गरेका थिए ।

खेलको म्यान अफ दी म्याच वडा नं २ का जर्सी नं. ५ देवान सोरेन घाषित भए । त्यस्तै प्रतियोगिताको वेष्ट स्ट्राइकर वडा नं. २ का सागर महते, वेष्ट फिडेन्टर वडा नं. १० का टेकेन राना मगर, वेष्ट मिडफिल्डर वडा नं. ७ का हेमन्त तुम्बापो घोषित भए । त्यसैगरी प्ले अफ द टुनामेन्ट र सर्वाधिक गोलकर्ता वडा नं. १० का पनव राई, वेष्ट गोल किप्पर वडा नं. १० का संदिप राई घोषित भए । उनीहरुलाई नगद सहित ट्रफी, प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगिता गएको १७ गतेबाट नगरस्तरीय दूधे रंगाशालामा सञ्चालन गरिएको थियो भने खेलमा नगरको भेट्रान सहित १२ ओटा टिमले सहभागीता जनाएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *