Sajhamanch Archive

नेपाल बाल संगठनमा नयाँ कार्य समिति चयन

Published: (Updated: ) in विविधा, समाज by .

झापा । रुद्र प्रसाद सिटौलालाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै नेपाल बाल संगठन झापा शाखाको जिल्ला सभा सम्पन्न भएको छ । भद्रपुरस्थित संगठनको सभाहलमा भएको सभाले अध्यक्ष सहित १० जनाको जिल्ला कार्यसमिति चयन गरेको हो । बाँकी १ सदस्य केन्द्रीय बाल संगठनका अध्यक्षले मनोनयन गरि ११ सदस्यीय संगठनको जिल्ला कार्यसमितिलाई पूर्णता दिइने जनाईएको छ । यसअघि पनि सिटौलाकै नेतृत्वमा ३ सदस्यीय तदर्थ समिति रहेको थियो ।

नवगठित संगठनको उपाध्यक्षमा फडिन्द्र दहाल, सचिवमा रोशन लामा र कोसाध्यक्षमा लोकमाया ढुंगाना चयन भएका छन ।
त्यस्तै संगठनको कार्यसमितिमा सृजन घिमिरे, गोपाल सुब्बा, ज्ञानु थापा, खगेन्द्र आचार्य, चेतना निरौला र कोसिस घिमिरे निर्वाचित भएका छन ।

वि सं २०२१ सालमा तत्कालीन रानी रत्न राज्यलक्ष्मी शाहको अध्यक्षतामा स्थापना भएको संगठनको देशका सबै जिल्लामा संरचना रहेको कार्यक्रममा जानकारी दिईएको छ । नेपाल बाल संगठनकि अध्यक्ष विद्या न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवगठित कार्यसमितिलाई रास्ट्रीय सभाका पुर्व सदस्य हरिचरण सिवाकोटी, प्रदेश सभा सांसद वसन्त कुमार बाँनिया, भद्रपुर नगरपलिकाका प्रमुख जीवन कुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, ८ नम्बर वडाका वडाध्यक्ष गौरव सुब्बा लगायतले शुभकामना दिएका थिए ।

प्रेस काउन्सिल सदस्य गणेश पोख्रेलले निर्वाचन अधिकृतको भुमिका निर्वाह गरेको कार्यक्रममा स्वागत रोशन लामाले गरेका थिए । संगठनको विषयमा प्रकाश पार्दै अध्यक्ष सिटौलाले संगठनको नाममा भद्रपुरमा रहेको १ बिगाहा जग्गा र भवनको संरक्षण र प्रयोग साथै झापा गाउँपालिकामा रहेको ७ बिगाहा जमिनको खोजी गरि संस्थाको प्रयोगमा ल्याउने प्रारम्भिक योजना रहेको बताए । त्यस्तै बालबालिकाको सर्वागिंण विकासमा संगठनले कार्ययोजना बनाएर काम गर्ने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *