Sajhamanch Archive

मुख्यमन्त्रीको कार्यालय अगाडि धर्ना बस्ने १६ पक्राउ

Published: (Updated: ) in प्रदेश तह by .

धनुषा । प्रदेश २ का मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका १६ जना समाजिक परिचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान ११ बजे जनकपुरको पीडारीचोकदेखि नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका १६ जना समाजिक परिचालकलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

पत्राउ पर्नेमा आन्दोलन परिचालन संघर्ष समितिका संयोजक रामसुबोध यादव, प्रदेश सचिव मुकेश मेहता, प्रदेश उपाध्यक्ष संतोष कुमार राय, सदस्य नरेश पासवान, संचार समितिका सदस्य शम्भु शर्मा, सप्तरिका जिल्ला अध्यक्ष सुरेश कुमार सढोक, दिनेश यादव धनुषाका बिनदेश्वर साह, अमोद राय , रौतहटका सुबदार यादव, सिराहा बाट बरहमदेव कुमार ठाकुर,सर्ला्हि को बिरेन्दर पंडित, उपेन्दर कुमार साह, बुधन साह, महोतरीका जिल्ला अध्यक्ष परमेश्वर ठाकुर, सुनिल पाण्डेलगायत छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत भित्र राखिएको प्रहरीले जनाएको छ । यस अघि मंगलबार पनि मुख्यमन्त्रीको कार्यालय अगाडि धर्नामा बसेका २५ जना समाजिक परिचालकलाई प्रहरीले पक्राउ गरेको थियो ।

गत असारबाट कामकबाट निकालिएका समाजिक परिचालकहरु दुई बुँदे मागसहित गएको साउन २७ गतेबाट सडक आन्दोलन गर्दै आएका छन् । उनीहरुले मुख्यमन्त्रीको कार्यालय अगाडि धर्ना दिएर नाराबाजी गर्ने गरेका छन् ।

नेपाल सरकारले पूर्ण सेवा सुविधा उपलब्ध गराई हाललाई कार्यालय सहायकमा म्याद थप गरी निरन्तरता दिनु पर्ने र योग्यताको आधारमा एक पटक उमेर हद नलाग्ने गरी दरबन्दी सृजना गरी स्थानीय तह कर्मचारीमा समायोजन गर्नु पर्ने सहितको दुई बुँदे समाजिक परिचालकहरुको छ ।

प्रदेश २ का ८ सय ५४ जना समाजिक परिचालकहरु पुनरबहालीको माग गर्दै सरकार विरुद्ध आन्दोनल गर्दै आएका छन् ।

लामो सयम थोरै तलबभत्तामा भए पनि जनताको सेवा गरेको, तर सरकारले कामबाट हटाउँदा उमेर हदलगायतका विभिन्न कारण रोजगारी पाउन समस्या भएकाले माग सम्बोधन नभएसम्म आन्दोलन गरिरहने समाजिक परिचालकहरुले बताएका छन् ।
उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *