Sajhamanch Archive

एसियाली खेलकुदः प्याराग्लाइडिङमा रजत पदक नेपाललाई

Published: in खेलकुद by .

जकार्ता । पालले १८ औं एसियाली खेलकुदमा अन्ततस् पदकको खडेरीलाई पुरेको छ । प्याराग्लाइडिङ मार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर रजत पदक जितेको हो ।

पुरुष क्रस क्रन्ट्री तर्फ जापानभन्दा पछाडि रहँदै नेपालले रजत जितेको हो। पश्चिम जाभास्थित गुनुङ मास पुन्चकमा मंगलबार दोस्रो चरणको खेल सकिएसँगै नै नेपालले कम्तिमा पदक जित्ने लगभग पक्का भइसकेको थियो।

नेपाल २७ अंकले मात्र स्वर्ण पदकले चुकेको हो । नेपालले बुधबारको खेलमा २७ सय ९७ स्कोर बटुलेको थियो । पहिलो चार दिन शीर्षस्थानमा रहेको जापानले अन्तिम दिन २ हजार ५७ स्कोर मात्रै बनाउन सक्यो ।
जापानले कुल ११ हजार ३ सय ९१ र नेपालले ११ हजार ३ सय ६४ स्कोर गर्दै क्रमशः स्वर्ण र रजत पदक जिते ।

बुधबार पाँचौं तथा अन्तिम चरणको खेलमा नेपालले जापानको अग्रतालाई चुनौती दिन नसके पनि आफ्नो गतिलाई कायमै राख्दै पदक निश्चित गरेको हो। नेपाललाई नियमीत जस्तो पदक दिलाउदै आएका तेक्वान्दो, कँराते र बक्सिङ खेलहरू असफल भइरहेको अवस्थामा नेपाल धेरैपछि एसियाली खेलकुदको पदक तालिकामा शुन्य हुने स्थितिमा पुगेको थियो।

एसियाली खेलकुदमा नेपालको यो दोस्रो सबैभन्दा ठुलो पदक हो। सन् १९९८ को बैंकक एसियाली खेलकुदमा पनि तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन्।

नेपाली टोलीमा विजय गौतम, विमल अधिकारी, सुशील गुरुङ, युकेश गुरुङ र विमल थापा प्रतिस्पर्धा गरेका थिए। एसियाडमा पाराग्लाइडिङ पहिलोपल्ट समावेश खेल हो।

एसियाडको इतिहास पल्टाउने हो भने पनि प्याराग्लाइडिङमा पदक आउँदा सुखद संयोग जुर्नेछ। नेपालले हालसम्म तीन खेलबाट ९तेक्वान्दो, कराँते र बक्सिङ० एसियाडमा पदक ल्याएको छ। यी तीनै खेलमा नेपालले पहिलोपटक सहभागी हुँदा नै पदक ल्याएको थियो। सन् १९९४ एसियाडमा कराँते पहिलो चोटि समावेश हुँदा सिता राईले कांस्य जितेकी थिइन्। त्यसअघि सन् १९८६ मा दक्षिण कोरियाको सोलमा तेक्वान्दो र बक्सिङ पहिलोचोटी समावेश हुँदा दुवै खेलले ४–४ कांस्य हात पारेका थिए।

पाराग्लाइडिङ जारी एसियाडमा पदकको सम्भावना भएपछि आयोजकले इन्डोनेसियाले समावेश गरेको खेल हो। एक्युरेसी इभेन्टको पुरुष टिम इभेन्टमा इन्डोनेसियाले स्वर्ण जितिसकेको छ।

एक्ययुरेसीकै पुरुष एकलमा पनि इन्डोनेसियाका जाफ्रो मेगावान्टोले स्वर्ण हात पारे। महिलातर्फ एक्युरेसी टिम इभेन्टमा घरेलु टोलीले रजत जित्दा एकलमा स्थानिय खेलाडी रिका विजायन्ती कांस्यमा सिमित भइन्।
क्रस कन्ट्री टिम इभेन्टमा भने इन्डोनेसियाको पुरुष टोली चौथो र महिला टोली तेस्रो स्थानमा छन्।

एक्युरेसी इभेन्टमा नेपालले कुनै पदक हात पारेन। सन् २०१९ मा नेपालमा हुने भनिएको दक्षिण एसियाली खेलकुद ९साग० मा पनि प्याराग्लाइडिङ समावेश गरिएको छ।
कान्तिपुर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *