Sajhamanch Archive

कमल गाउँपलिकामा पहिलो दिन ३५९ जनाले कोरोना विरुद्धको खोप लगाए

Published: in स्थानीय तह, स्वास्थ्य by .

कमल । दोस्रो चरणको खोप अभियान अन्तरगत चैत १ गतदेखि ५ गतेसम्म ६५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

नेपाल सरकारले ज्येष्ठ नागरिकलाई खोप लाउन सहज होस भन्ने उद्देश्यले पालिका स्तरमा नै खोप लगाउने व्यवस्था मिलाएको हो । आइतबारबाट सुरु गरिएको खोप अभियान अन्तरगत कमल गाउँपालिकामा ३ सय ५९ जनाले खोप लगाएका कमल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
जसमा तोपगाछी क्षेत्रमा श्री शहिद धर्मभक्त माध्यामिक विद्यालय केन्द्रमा १ सय ८४ जनाले खोप लगाएका छन् । त्यसैगरी लखनपुर क्षेत्र अन्तरगत कोभिड अस्पताल केन्द्रमा १ सय ७५ जना ज्येष्ठ नागरिकले कोभिड १९ विरुद्धको खोप लगाएको लखनपुर स्वास्थ्य शाखा प्रमुख विमल थापाले जानकारी दिए ।

खोप लगाएका ज्येष्ठ नागरिकलाई कुनै पसिन किसिमको असर नदेखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँपालिकाले नागरिकलाई सहजरुपमा खोप लगाउन सकियोस भनेर वडाका विभिन्न ठाउँका खोप केन्द्र सन्चालन गरिने र त्यसको आवश्यक सहयोगकालागी जनप्रतिनिधी, टोल विकास सस्था, स्थानिय संघ सस्थासँगको सहकार्यमा खोप सञ्चालन कमल गाउाापलिका स्वास्थ्य शाखाका प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिए ।

पहिलो पटक खोप लगाएको ८ हप्ता पछि पुन दोस्रो पटक खोप लागाउनु पर्छ । उच्च जोखिममा रहेका वाहेक सबैले अनिवार्य खोप लगाउन सकिने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *