Sajhamanch Archive

प्रेस चौतारी नेपाल झापाको पहिलो बैठक वाटर किङ्डम पार्क झिलझिलेमा

Published: in विविधा, समाज by .

शिवसताक्षी । प्रेस चौतारी नेपाल झापा शाखाको पहिलो बैठक सोमबार शिवसताक्षीको झिलझिलेमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका विषयमा केन्द्रित रहेर बैठकले विभिन्न उप समितिहरु गठन गरेको हो ।

पत्रकारका संघ–संगठन संग समन्वय गरेर निर्वाचन केन्द्रित कार्यक्रम अघिबढाउनका लागि प्रेस चौतारी झापाका अध्यक्ष टीकाराम उप्रेतीको अध्यक्षतामा सात सदस्यीय निर्वाचन समन्वय तथा परिचालन समिति गठन भएको छ ।

झिलझिलेको वाटर किङ्डम पार्क एन्ड रिसोर्टमा बसेको बैठकले समन्वय तथा निर्वाचन परिचालन समितिको सदस्यमा चौतारीकी केन्द्रीय सदस्य अम्बिका भण्डारी, नेकपा एमाले जिल्ला कमिटिका प्रचार विभाग प्रमुख तथा नेपाल पत्रकार महांघका झापाका पुर्व अध्यक्ष माधव विद्रोही, आमसञ्चार प्रतिष्ठान प्रदेश नम्बर १ का सदस्य गोपाल काफ्ले महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी न्यौपाने फोनिजका जिल्ला अध्यक्ष विशाल नेम्वाङ, प्रदेश सदस्य मीनप्रकाश उप्रेतीलाई चयन गरेको छ ।

बैठकले जिल्ला कार्यसमितिको सदस्य पदमा सरोज भट्टराईलाई चयन गर्ने निर्णय गरेको छ ।
यसै गरि संगठनलाई आर्थिक रुपमा मजबुत बनाउन उपाध्यक्ष मनकुमार गदालको संयोजकत्वमा ११ सदस्यीय आर्थिक समिति गठन भएको छ ।

यसैगरी प्रेस चौतारी झापाको पदाधिकारी सम्मिलित सचिवाय समेत गठन भएको छ । अध्यक्ष टिकाराम उप्रेती, उपाध्यक्ष मनकुमार गदाल, प्रदिप परियार, गंगा बराल, प्रकाश पौडेल, सचिव विनोद सापकोटा, सहसचिव राम निरौला, सागर गौतम,उमानाथ भण्डारी र कोषध्यक्ष गीता ढँुगाना रहेको सचिवालय गठन भएको हो ।

बैठकले प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त हुनभएका प्रेस चौतारी नेपाल १ नम्बर प्रदेशका अध्यक्ष गणेश पोख्रेल, आम संचार प्रतिष्ठानको १ नम्बर प्रदेशको सदस्यमा नियुक्त हुनुभएका संगठनका पुर्व झापा जिल्ला अध्यक्ष गोपाल काफ्ले र नेपाल पत्रकार महासंघ झापाले वितरण गर्ने केटो पत्रकारीता पुरस्कारबाट पुरस्कृत प्रेस चौतारी झापाकी कोषाध्यक्ष गीता ढुँगानालाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।

बैठकमा सहभागी शिवसताक्षी नगरपालिकाका नगरप्रमुख चन्द्रकुमार शेर्माले प्रेस चौतारीको सफलताको शुभकामना व्यक्त गरेका थिए । पत्रकारले सूचना पाएपछि आम सर्बसाधरणलाई आफुले काम गर्ने संचारमाध्यमबाट सुसूचित गर्नुपर्ने उनले धारणा राखेका थिए ।

पत्रकारले चलाएको कलमले समाजमा भईरहेको राम्रो नराम्रो सबै विषय बस्तु उजागर गर्नुपर्ने उनको धारणा थियो । उनले ‘समाजलाई बेफाईदा हुने गतिविधि हुदैछ भन्ने पत्रकारले सूचना पाएपछि सरकारको ध्यानाकर्षण हुनेगरी संचारमाध्यममा ती कुरा लेख्नु पर्ने बताए ।

चौतारीका प्रदेश नं. १ का अध्यक्ष गणेश पोखरेल, केन्द्रीय सदस्य भण्डारी, प्रचार विभाग प्रमुख विद्रोही, महासंघका पुर्व केन्द्रिय सदस्य मोहनकाजी न्यौपानेले संगठनलाई चलायमान बनाउने र इमान्दारपूर्वक काम गर्न जिल्ला समितिलाई निर्देशन दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *