Sajhamanch Archive

पाँच वरिष्ठ स्पाइन सर्जनलाई झापामा सम्मान

Published: in समाज by .

बिर्तामोड । कनकाई हस्पिटल बिर्तामोड र एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपालको (एएसएसएन) को आयोजनामा बिर्तामोडमा स्पाइन सर्जनहरुको सम्मेलन र कार्यशाला सम्पन्न भएको छ ।

कार्यक्रममा कनकाई हस्पिटल बिर्तामोड र एएसएसएनले प्रदेश नं. १ मै पहिलोपटक झापाको बिर्तामोडमा स्पाइन सर्जनहरुको सम्मेलन र कार्यशालाको आयोजना गरेर एएसएसएन र स्पाइन सर्जरीबारे बुझ्ने मौका प्रदान गरेको भन्दै एएसएसएनका केन्द्रीय सदस्य वरिष्ठ स्पाइन सर्जन डा. प्रेमबहादुर शाहीको प्रसंशा गरेका थिए ।

स्पाइन सर्जरीको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको कदर गर्दै एएसएसएनका पास्ट प्रेसिडेन्ट प्रो. डा. रोहित पोखरेल, प्रो. डा. रवीन्द्रलाल प्रधान, एएसएसएनका कोषाध्यक्ष प्रो. डा. गौरवराज ढकाल, एएसएसएनका प्रदेश नं.१ का प्रतिनिधी प्रो. डा. पशुपति चौधरी, साइन्टीफिक कमिटीका पास्ट प्रेसिडेन्ट प्रो. डा. दिपक श्रेष्ठलाई सम्मान गरिएको थियो ।

उनीहरुलाई आयोजक समितिका संयोजक तथा एएसएसएनका केन्द्रीय सदस्य वरिष्ठ स्पाइन सर्जन डा. प्रेमबहादुर शाहीको अध्यक्षतामा भएको स्पाइन सर्जनहरुको सम्मेलन र कार्यशालाको उद्घाटन प्रमुख अतिथि एएसएसएनका प्रेसिडेन्ट प्रो। डा। विमलकुमार पाण्डे ,विशेष अतिथिद्वय एएसएसएनका पास्ट प्रेसिडेन्ट प्रो. डा. रोहित पोखरेल र प्रो. डा. रवीन्द्रलाल प्रधानले गरेका थिए ।

कार्यक्रममा एएसएसएनका प्रेसिडेन्ट प्रो.डा. विमलकुमार पाण्डेले प्रदेश नं.१ मा एएसएसएनले गर्ने भूमिका, एएसएसएनका महासचिव व्यापक पौडेलले एएसएसएनको सदस्य वन्ने प्रक्रिया, एएसएसएनका प्रदेश नं.१ का प्रतिनिधी प्रो. डा. पशुपति चौधरीले प्रदेश नं।१ मा स्पाइन सर्जरीको सम्भावना, साइन्टीफिक कमिटीका प्रेसिडेन्ट प्रो.डा.सुरज बज्राचार्यले स्पाइन एकेडेमीको महत्व, साइन्टीफिक कमिटीका पास्ट प्रेसिडेन्ट प्रो. डा. दिपक श्रेष्ठले एएसएसएन र स्पाइन सर्जरीको भविष्यको बारेमा सहभागीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा नेपालभरिका एक सय भन्दा वढी स्पाइन सर्जन, अर्थोपेडिक सर्जन, न्युरो सर्जन , रेजीडेन्सहरुको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *