Sajhamanch Archive

शिवसताक्षीको दूधेमा चैत्र २२ गतेबाट प्रदेश स्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने

Published: (Updated: ) in खेलकुद by .

शिवसताक्षी । शिवसताक्षीको दूधेमा भेट्रान कप हुने भएको छ । निर्माणाधिन नगर स्तरीय दूधे रंगशालामा आगामी चैत्र २२ गतेदेखि २८ गतेसम्म प्रदेश नं. १ स्तरीय कर्णबहादुर स्मृति प्रथम भेट्रान कप हुने आयोजक दूधे भेट्रान क्लबले जानकारी गराएको हो ।

भेट्रान प्रतियोगितमा प्रथम हुने टिमले रु ५५ हजार र द्वितीय हुने टिमले रु ३१ हजारसहित मेडल, शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने खेल आयोजक भेट्रानका अध्यक्ष सन्तोष नेम्वाङ्गले बताए ।

प्रतियोगितमा धरान एफसी, इटहरी भेट्रान, विराटनर भेट्रान (सिएमजी), दमक लखनपुर भेट्रान, विर्तामोड भेट्रान, सुरुङ्गा भेट्रान, चन्द्रगढी भेट्रान, एभरेष्ट भेट्रान मोरङ्गगरी १० टिमले सहभागीता जनाउने छन् ।

खेलाडीले मेन अफ दी टुर्नामेन्ट ५ हजार, उत्कृष्ट विधातर्फ ३ हजार, मेन अफ दी म्याच १५ सय प्राप्त गर्ने अध्यक्ष नेम्वाङ्गले जानकारी दिए ।

प्रतियोगिताको प्रथम र द्वितीय पुरस्कार स्व. कर्णबहादुर नेम्वाङ्गको परिवारले उपलब्ध गराउने स्व. कर्णबहादुरका भाई कृष्णराज नेम्वाङ्गले बताए ।

प्रतियोगितामा ८ लाख खर्च हुने बताइएको छ । अन्य रकमका लागि साथी भाईको सहयोग र विभिन्न कम्पनीहरुसँग स्पोन्सरका लागि कुरा भईरहेको खेल संयोजक सन्तोष थोप्राले बताए । उनले गएको वर्ष आयोजना गरिएको भेट्रान प्रतियोगिता कोरोना भाइसका कारण गर्न नसकिएको बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *