Sajhamanch Archive

रोलिङ्ग च्योलेञ्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक र रेडहर्स भिड्ने

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by .

धुलाबारी । झापाको धुलाबारीमा जारी चौथौ प्रदेश नम्बर १ स्तरीय रोलिङ्ग च्योलेञ्ज कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक रोलिङ्ग क्लब धुलाबारी र रेड हर्स इलाम भिड्ने भएका छन् ।

सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा आयोजक रोलिङ्ग क्लबले सशस्त्र प्रहरी बल पकलीलाई ५‐२ गोल अन्तरले पराजित गरेसंगैै आयोजकले रेडहर्ससँगको भेट पक्का गरेको हो ।

रोलिङ्गका लागि अजय राजवंशीले खेलको पहिलो हाफको २५ औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । आयोजककै लागि पहिलो हाफको ४७ औं मिनेटमा तिर्थ बस्नेतले गोल गर्दै अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ५१ औं मिनेटमा विदेशी खेलाडि पेपेले टिमका लागि तेस्रो गोल गर्दै अग्रता ३‐० को कायम गरे । टिमका लागि पहिलो गोल गरेका राजवंशले ६१ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दा टिमले अग्रता ४‐० पुर्यायो । आयोजक रोलिङ्गका लागि अन्तिम तथा पाँचौं गोल विदेशी खेलाडि फोफोनाले ६४ औं मिनेटमा गर्न सफल भए ।

पकलीका लागि दुबै गोल समिर राईले गरे । राईले दोस्रो हाफको ७२ औं र ९० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता घटाएर २‐५ को अवस्थामा ल्याए ।

सोमबारको खेलमा २ गोल गरेका अजय राजवंशी म्यान अफदी म्याच घोषित हुँदै नगद ५ हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वाटर फाइनल खेलमा कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङ र चारआली धाइजन फुटबल क्लब बीच हुने आयोजकले बताएको छ ।

प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख प्राप्त गर्नेछ । धुलाबारी माविको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल खेल चैत १४ गते हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *