माङसेबुङ गाउँपालिका कृषकलाई बाख्रा पालन तालिम
Published: (Updated: )
by .कमल । सोसियल ईन्फ्राईस्ट्रक्चर मेनेजमेन्ट सर्भिस प्रा.लि. बिर्तामोडको आयोजना र माङसेबुङगाउँपालिका २ नम्वर वडा कार्यालय ईलामको आर्थिक सहयोगमा ३ दिने बाख्रापालन तालिम सोमवारबाट सुरु भएको छ ।
पराम्परागत रुपमा जिविको पार्जनका लागी मात्र पालिदै आएको बाख्रा पाललनलाई नयाँ प्रविधिका साथ व्यवसायिक रुपमा अगाडी बढाउन आवश्यक भएकाले कृषकलाई तालिमकोे आयोजना गरिएको माङसेबुङगाउँपालिका का अध्यक्ष डिकेन्द्र ईदिङगोले बताए ।
यस क्षेत्रका ९० प्रतिशत जनता कृषि पेसामा निर्भर छन् । कृषि पेशाबाट मात्र आर्थिक विकास हुने भएकोले अवको दिनमा युवालाई कसरी कृषि पेशातर्फ आकर्षण गर्न सकिन्छ भन्ने उद्देश्यकका साथ गाउँपालिकाले विभिन्न कार्यक्रम सन्चालनमा ल्याएको छ ।
परम्परागत रुपमा जिविको पार्जनका लागी मात्र गर्दै आएको कृषि पेशालाई आधुनिकीकरण गदै व्यवसायिक बनाउन यस्ता तालिमले सहयोग पुग्ने माङसेबुङ गाउँपालिकाकी उपाध्यक्ष सुनिता सुब्बाले बताइन् ।
वडा कार्यलयले स्थानीय चाहाना अनुरुप क्षेत्रगत रुपमा विभिन्न तालिम सन्चालन गर्दै छ । त्यसै अनुसार वाख्रा पालनमा आवद्ध कृषकका लागी यो तालिम आयोजना गरिएको हो । तालिमबाट सिकेका कुरालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न माङसेबुङगाउँपालिका २ नम्वर वडा अध्यक्ष पुष्पराज कार्कीले बताए ।
तालिममा ३० जना पुरुष र १३ महिला गरी जम्मा ४३ जान कृषक तालिममा सहभागी रहेका थिए । तालिमामा वाख्रापालनको महत्व, बाख्रका जात, खोर व्यवस्थापन, आहारा व्यवस्थापन, बाख्रमामा लाग्ने प्रमुख रोग लगायतका विषयमा पशुस्वास्थ्य प्राविधिक उमानाथ भण्डारीले सहजिकरण गरेका थिए ।
Comments