भारतले लगायो आस्ट्राजेनेका खोपको निर्यातमाथि अस्थायी रोक
Published:
by .काठमाडौं । भारतले अक्सफर्ड आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको छ ।
आस्ट्राजेनेको उत्पादन कोरोनाविरुद्धको भ्याक्सिन ‘कोभिशिल्ड’ निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ ।भारतीय विदेशमन्त्रालयले जानकारी दिएको छ ।
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने सम्भावनालाई दृष्टिकोण गर्दै उक्त खोप निर्यात रोकेको बताइएको छ ।
भारतको यो कदमले अप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने बीबीसीले उल्लेख गरेको छ । यसले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने सम्भावना छ ।
भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफर्ड–आस्ट्राजेनेकाकै खोप परेको छ ।
Comments