Sajhamanch Archive

दोस्रो चरणको कोरोनाबाट झापामा एक जनाको मृत्यु

Published: (Updated: ) in समाज, स्वास्थ्य by .

सुरुङ्गा । दोस्रो चरणको कोरोना संक्रमण बढेपछि झापामा एक जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी ३९ वर्षीया तुलनादेवी कोरोना संक्रमणबाट मृत्यु भएको हो ।सुरुङ्गा बजारमा पसल चलाउँदै आएकी उनको बिर्तामोड स्थित बिएण्डसी हस्पिटलमा आज बिहान ४ बजे मृत्यु भएको हो।

१० दिनअघि मात्र ती महिला भारत आफन्तकोमा पुगी घर फर्किएकी थिइन् । भारतबाट घर फर्किएसंगै श्वास प्रश्वासमा समस्या देखिएपछि बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको थियो । उनलाई दुईपटक पिसिआर परीक्षण गराउँदा दुवैपटक कोरोना पुष्टि भएको थियो । त्यसपछि थप उपचारका लागि बिएण्डसी रेफर गरिएको थियो ।उनको लाशलाई नेपाली सेनाको सहयोगमा कन्काई माईमा अन्त्येष्टि गरिएको कनकाई नगरपालिकाका सूचना अधिकारी लक्ष्मी अधिकारीले बताए । यो मृत्युसंगै झापामा कोरोनाको त्रास पुनः बढेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *