Sajhamanch Archive

प्रदेश नं १ कै ज्येष्ठ भूपू सैनिक सम्मानित

Published: in विविधा, समाज by .

झापा । भूपू सैनिक सम्मेलनका अवसरमा प्रदेश नं १ कै सबैभन्दा ज्येष्ठ भूपू सैनिकलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा १०२ वर्षिय अवकाश प्राप्त प्रमुख सुवेदार देवीबहादुर खड्का रहेका छन् । पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोष ढकालले झापा चारआलीस्थित खड्काको घरमै पुगेर प्रधान सेनापति निशान व्याच र नगद पुरस्कार दिएका थिए ।

सोही अवसरमा पृतनापतिले प्रधान सेनापतिको सन्देश सुनाइ खड्काको सुस्वास्थ्यको कामना समेत गरेका थिए । खड्कालाई प्रधान सेनापति पूर्णचन्द्र थापाले सम्मान गर्ने कार्यक्रम रहेको थियो । स्वास्थ्य अबस्थाका कारण उनी पूर्वी पृतना हेडक्वाटर इटहरीसम्म जान असमर्थ भएपछि प्रधान सेनापतिको तर्फबाट पूर्वी पृतनापति उपरथी ढकाल खड्काको घरमै पुगेका हुन् ।

वि. सं. १९७५ सालमा जन्मिएका खड्का २००० साल मंसिर २५ गते नेपाली सेनामा भर्ती भएका थिए । श्री शेर गणमा नियुक्त भई सोही युनिटमा ३२ वर्ष सेवा गरी २०३२ मंसिर २५ गते उनले अवकास लिएका थिए । जेष्ठ भुपू सैनिकको सम्मान कार्यक्रममा नं २१ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी विजय थापा, नयाँ श्रीनाथ गणका गणपति प्रमुख सेनानी अमरजंग थापा र शेर गणका गणपति प्रमुख सेनानी जितेन्द्र गौलीलगायत स्थानीय जनप्रतिनिधि, भुपू सैनिक संघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । नेपाली सेनाले शुक्रबार प्रदेश नं. १ का विभिन्न १४ वटा जिल्लाहरुमा भुपू सैनिक सम्मेलन २०७७ सम्पन्न गरेको हो ।

विगतमा एउटा प्रदेशअन्तगर्तका सवै भुपू सैनिक तथा हिताधिकारीलाई एकै स्थानमा एकत्रित गरी संचालन गरिने यस प्रकारको कार्यक्रय यस वर्ष भने कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै १४ वटै जिल्लाहरुमा स–सानो समुहमा संचालन गरिएको सैनिक स्रोतले जानकारी दिएको छ । विकेद्रिकृत रुपमा संचालित भुपू सैनिक कार्यक्रमअन्तर्गत पूर्वी पृतना हेडक्वाटर इटहरीमा सम्पन्न भएको मुख्य शिविरमा नेपाली सेनाका प्रधान सेनापति थापा स्वयम् उपस्थित भएका थिए । उनले भुपू सैनिक, तिनका हिताधिकारी र एकल महिलाहरुसंग अन्तरक्रिया गर्नुका साथै विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने अवकाश प्राप्त सैनिक, चार जना वा सोभन्दा बढी सन्ततीलाई नेपाली सेनामा भर्ना गराउने प्रतिबद्धतासहित जेष्ठ भुपू सैनिकहरुलाई सम्मान तथा भत्ता वितरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *