Sajhamanch Archive

प्रतिक्रान्तिलाई परास्त गर्न नयाँ नीति आवश्यकः काफ्ले

Published: in विविधा by .

भद्रपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्रीकुमार काफ्लेले प्रतिक्रान्तिलाई परास्त गर्न नयाँ ढङ्गको नीति र कार्यक्रम आवश्यक भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्र प्रदेस १ का सह इन्चार्ज समेत रहेका नेता काफ्लेले माओवादी केन्द्र भद्रपुर नगर कमिटीको कार्यालय उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीवादको प्रतिक्रान्ति परास्त नगरी संघीय लोकतन्त्र सहज गतिमा जान नसक्ने प्रष्ट पारेका हुन् । नेता काफ्लेले प्रतिक्रान्तिलाई परास्त गर्न नेपालका समाजवादी शक्ति बीच बृहत् एकता आवश्यक रहेको भन्दै कम्युनिस्टका नाममा कलंक बन्ने अतिवादी सामन्ति आचरण अन्त्यको आवश्यकता औंल्याएका छन् ।

कार्यक्रममा प्रदेस सभा सदस्य पुर्णप्रसाद राजवंशी, माओवादी केन्द्रका प्रदेस कमिटी सदस्य डिल्ली घिमिरे ( हिक्मत ) र झापाका जिल्ला कमिटी सचिव मणिकुमार साङ्पाङ ( बिजय) ले शुभकामना मन्तव्य राखेका थिए ।

पार्टीका नगर सह इन्चार्ज नरेश सन्जेलको अध्यक्षता तथा शिवकुमार राज भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत हङ्सधर राजवंशीले गरेका थिए । सोही कार्यक्रममा राप्रपाको क्षेत्रीय कमिटी र नगर कमिटीमा कृयाशिल ४ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *