Sajhamanch Archive

कालिका पीठमा नयाँ कार्यसमिति चयन, विभिन्न विधाका ५ जना सम्मानित

Published: in विविधा by .

अर्जुनधारा । कालिका पीठ कालीस्थानको १८ औ वार्षिक साधारणसभा तथा अधिवेशनले ज्योतिषचार्य लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा डिल्लीराम दाहाल, लक्ष्मीप्रसाद मिश्र र कर्ण तामाङ चयन भएका छन् । पीठको सभाहलमा आयोजित साधारणसभामा पदमलाल श्रेष्ठ नेतृत्वको निर्वाचन समितिले सर्बसम्मत नेतृत्व चयन गरेको हो । समितिको सचिबमा भोलानाथ पोखरेल, सहसचिवमा रामप्रसाद दाहाल, कोषध्यक्ष मा खडानन्द खतिवडा चयन भएका छन् ।

समितिका सदस्यहरुमा रेनुका बस्नेत, तारा गिरी, रुपनारायण भणडारी, प्रेमप्रसाद पोखरेल, बिन्दु मिश्र, कुलप्रसाद अधिकारी, देबिमाया पोखरेल, राजेन्द्र अधिकारी, खोमनाथ मिश्र, भानु निरौला, पुस्प पोखरेल, अनिता गोम्देन, गान्धारी मिश्र र मनोज गोम्देन चयन भएका छन् ।

साधारणसभाले जयधर्म पोखरेल, गोपाल खतिवडा र दामोदर दाहाललाई लेखासमितिमा चयन गरेको छ ।
यसैगरी दुर्गालाल श्रेष्ठ, पदमलाल श्रेष्ठ, सन्तबहादुर गोम्देन, देबुसिङ तामाङ, ओमप्रकाश दाहाल, पर्शुराम कट्वाल र बलदेवसिङ गोम्देनलाइ सल्लाहकारमा मनोनयन गरेको छ ।

साधारण सभाकै बिच पीठमा नवनिर्मित छात्रबासको समुद्घाटन गरिएको छ । दानदाताहरुको सहयोगमा डेढकरोड बढीको लागतमा निर्माण भएको तीनतले छात्रबासको अर्जुनधारा नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि हरिकुमार रानाले समुद्घाटन गरेका हुन् ।

साधारणसभा उद्घाटन समारोहमा वैदिक सस्कृतिको संरक्ष णमा पुर्याएको योगदानको कदर गर्दै पं। नारायण भट्टराईलाई सम्मान गरिएको थियोे । कार्यक्रममा पीठमा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न बिधामा उत्कृष्ट केशव अधिकारी, प्रवेश खतिवडा, विशाल अधिकारी र सागर अधिकारीलाई सम्मान गरिएको थियोे ।

ज्योतिषि लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा सप्पन्न कार्यक्रममा प्रमुख अतिथि राना, प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, सम्मानित ब्यक्तित्व भट्टराई, दामोदर पोखरेल, पदमलाल श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।

बलदेव गोम्देनको प्रमुख आतिथ्यमा सम्पन्न बन्दशत्रमा सचिब भोलानाथ पोखरेलले संस्थाको प्रतिबेदन र कोषध्यक्ष खडानन्द खतिवडाले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *