Sajhamanch Archive

भेलामनिका प्यारालाइसिसको विरामीलाई सहयोग प्रदान

Published: in समाज by .

शिवसताक्षी । झापाको सिवसताक्षी नगरपालिका वडा नम्बर ५ भेलामनिका प्यारालाईसिस बिरामीलाई सहयोग रकम प्रदान गरिएको छ।
विगत १ महिनादेखि प्यारालाइसिस भएर थलिएका रबिशन्कर ताजपुरियालाई सहयोग रकम प्रदान गरिएको हो ।

आर्थिक अवस्था दयनीय भएका कारण स्थानीय युवा तथा जनप्रतिनिधिको अगुवाइमा संकलित ५४ हजार रुपैयाँ रकम प्रदान गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सत्यनारायण राजवंशी र स्थानीय युवाहरू नारायण नेपाली , मनि ताजपुरिया, नरेश ताजपुरिया, रतन ताजपुरिया , दिल बहादुर ताजपुरिया, जगत ताजपुरियाले संयुक्त रुपमा विरामीका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

सहयोग रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष सत्यनारायण राजवंशीले बिरामी परिवारलाई सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै सहयोग संकलन अभियान जारी रहने जानकारी दिए। दुई छोरी, एक छोरा र श्रीमती सहित ५ जनाको परिवार रहेका ताजपुरिया दैनिक ज्यालामज्दुरी गरेर जिविको पार्जन गर्दै आएका थिए । तर घरमुली आफै थला परेपछी परिवारमा छाक टार्न मुस्किल भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *