Sajhamanch Archive

कमल नगर जेसीज र सतासीधाम जेसीजको होली मिलन कार्यक्रम सम्पन्न

Published: in विविधा by .

कमल । कमल नगर जेसीजले होली मिलन कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

असत्य माथि सत्यको विजयको रुपमा मनाउदै आइरहेको होली पर्वमा जेसीजले विभिन्न कार्यक्रमगरी होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

होली पर्वले सबै नागरिकलाई सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा मिलोस भन्दै कमल उद्योग वाणिज्य संघका अध्यक्ष तथा कमल नगर जेसीजका संस्थापक महासचिव उमानाथ भण्डारीले बताए । उनले शरद ऋतुको अन्त्य सँगै वसन्त ऋतु सुरु हुनेर रुख विरुवामा समेत नयाँ पाउला पलाउने भएकोले सबैमा नकारात्मक सोचको अन्त्य भई सकारात्मक सोचको पाउला पलावस । जसले गर्दा समाजमा भएका विकृति र विसंगतीको अन्त्य हुँदै नयाँ सोचका साथ अघि बढ्न सुझाएका थिए ।

भैतिक विकास निर्माणले मात्र विकास पुरा हुदैन विकासकालागी मानिसको चेतना र व्यवहारिक विचारमा समेत परिबर्तन हुन आवश्यक छ । तव मात्र विकास सम्भव हुने र जसका लागी राजनीतिक दलले यसमा विचार पुर्याउनु पर्ने कमल नगर जेसीज वर्ष १७ का अध्यक्ष केदार कटुवालले बताए ।

कमल गाउँपालिकामा भएका विभिन्न सामाजिक संघ सस्थाहरु बीच कमल नगर जेसीजले होली मिलन तथा शभकामना आदान प्रदान कार्यक्रम गर्न पाउदा अत्यन्तै खुसी लागेको र आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा रहेको कमल नगर जेसीज वर्ष २१ का अध्यक्ष गोपाल खनालले बताए ।

त्यसैगरी शिवसताक्षीमा रहेको सतासीधाम जेसीजले पनि होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यजर गर्दै जेसीजले कार्य समिति पदाधिकारीहरुको उपस्थितिमा जेसीज कभर्डहलमा होली मिलन कार्यक्रम सम्पन्न गरेको थियो । होली मिलन कार्यक्रममा जेसीजका पूर्व अध्यक्षहरुको उपस्थिति रहेको सतासीधाम जसीजले जनाएको छ । होलीमा सबैले एक अर्कालाई रंग लगाई दिएर शुभकामना आदान प्रदान गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *