Sajhamanch Archive

एटीएम ह्याक गरी पैसा चोर्ने चिनियाँ नागरिक पक्राउ

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । राजधानी काठमाडौंका एटीएम बुथ ह्याक गरी पैसा झिक्न लागेका चिनियाँ नागरिक पक्राउ परेका छन् ।

विभिन्न बैंकहरुको एटीएम बुथमा अस्वाभाविक रुपमा कुनै व्यक्तिले पैसा निकाल्न लागेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेपछि यस्तो खुलासा भएको हो ।

पक्राउ पर्नेमा २९ वर्षीय चिनियाँ नागरिक वाङ जियाओलो रहेको काठमाडौं प्रहरीले जानकारी दिएको छ । उनलाई मंगलबार साँझ काठमाडौंको ज्याठास्थित मेगा बैकको एटिएम ह्याक गरी नगद निकाल्न खोजेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट ह्याक गर्ने सामानलगायत बरामद गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *