Sajhamanch Archive

हात्तीपाइले रोग निवारण अभियान अन्तरगत आम औषधी वितरण कार्यक्रमको सम्पुर्ण तयारी पुरा

Published: in समाज, स्वास्थ्य by .

कमल । स्वास्थ्य कार्यलय झापाले विर्तामोडमा पत्रकार सम्मेलनगरी हात्तीपाइले रोग निवारण अभियान अन्तरगत आम औषधी वितरण कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको छ ।

१० औ पटक राष्ट्रिय अभियान आम औषधी वितरण (एमडीए) कार्यक्रम यहि चैत २० गते देखि चैत मसान्तसम्म झापा जिल्लाका सम्पुर्ण नागरपालिका तथा गाउँपालिकामा अवस्थित स्वास्थ्य केन्द्रमा औषधी खुवाउने कार्यक्रम रहेको जानकारी गराएको हो । औषधी खुवाउनका लागी ६ सय स्वास्थ्यकर्मी तथा ६ सय स्वास्थ्य स्वयमसेविका खटिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

हात्तीपाइले रोग एक प्रकारणको परजिवी जुकाबाट हुने र लामखुट्टेको टोकाईबाट सर्ने तथा मानिसलाई कहिलै निको नहुने अशक्त, असमर्थ तथा आपाङ्ग बनाउने सरुवा रोग हो । यसको औषधी २ वर्ष मुनीका वालकालिका, गर्भवती महिला र सिकिस्त विरामी बाहेक सबैले अनिवार्य सेवन गर्नु पर्ने स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले बताए ।

हात्तीपाइले रोग लगाउने परजिवी शरिरमा प्रवेश गरेको १२ वर्ष पछि मात्र रोगको लक्षण देखिने र कुनै उपचार सम्भव नहुने भएकोले समयमै अनिवार्य औषधी सेवन गर्नुपर्ने स्वास्थ्य विदले बताएका छन् । रोगको लक्षण देखिए पछि रोगी व्याक्ति शिक्षा, स्वास्थ्य, रोजगारीबाट पछि पर्ने र सामजिक रुपमा समेत अपमान सहनु पर्ने भएकोले बेलैमा बुद्धि पुर्याए औषधी सेवन गर्न कार्यलयले अनुरोध गरेको छ ।

जतिधेरै विरामी उतिधेरै रोग सर्ने सम्भावना हरेकोले रोगीको सख्यामा कमि ल्याउनका लागी हरेक नागरिकले अनिवार्य औषधी खानुपर्ने हुन्छ । गतवर्षको तथ्याङ्क हर्ने हो भने झापामा हात्तीपाइले रोगका कारण खुट्टा सुन्निने ७२ जना, हाईड्रोलसिलका ३ सय ७२ जना र हात तथा स्तन सुन्निएका १ सय १० जना गरी जम्मा ५ सय ५४ जना विरामी रहेको कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *